महावु नेपालकै आर्कषक स्थान बन्न सक्छ

४ हजार २ मिटरको उचाँई पाटनका मनमोहक फाँटहरु प्राकृतिक चट्टानहरुको दृश्याअवलोकन मात्र हैन स्पर्स गर्न सकिने पहाडहरु । समतल जमिनमा फुलेका बुकि झारहरु, भेडा, गाई भैसीको चरन क्षेत्र निकै मनमोहक दृश्य भएको दैलेख र कालिकोटको सिमानामा पर्ने महावु क्षेत्रमा पुग्ने जो कोहीको मन प्रफुलित हुने गर्दछ ।
महावु क्षेत्र सम्म पुग्नका लागि बिगत १५ बर्षदेखि सुरु गरिएको दैलेख महावु हुँदै कालिकोट जुम्ला जोड्ने सडक खण्ड निर्माण कार्य सम्पन्न भएपश्चात अव महावु क्षेत्रको धार्मिक पर्यटनमा धेरै बिकास हुन सक्ने आशा गरिएको छ ।
निकै रमणिय र धार्मिक महत्वको क्षेत्र मा कैलाशानाथ शिवको उत्पती भएको ईतिहाँस कायमै छ यही ईतिहाँस सँगै एउटा मात्र वर मागे पुरा हुने विश्वासले अहिलेपनि हरेक बर्षको जनै पुर्णीमाका अवसरमा हजारौं भत्तजनहरुले पुजापाठ गर्ने गर्दछन् ।
यो सडक बिस्तार गर्न सकेमा ६ नं. प्रदेशको उत्तरी नाका जोड्नुका साथै धार्मिक पर्यटन मार्गको रुपमा बिकसीत हुने धेरै संभावनाहरु रहेका छन् ।
यहाँको बातावरण र भौगोलिक बनावटले नेपालकै महत्वपुर्ण गन्तब्य बन्न सक्ने संभावना माहावु धाममा देखिएको छ । यसको प्रचार प्रसार सँगै राज्यले नीतिगत व्यवस्था भित्र दैलेखको पंचकोशी र महावु क्षेत्रलाई समेटेर संयुुक्त बिकास अभियान चलाउनु आजको आवश्यकता रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार